२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

डडेल्धुरामा बुवा छोराद्वारा ठूलो बुवामाथि कुटपिट, ज्वाई वडा अध्यक्ष रमिते !

परशुराम : डडेल्धुरामा बुवाछोराले ठुलो बुवामाथि कुटपिट गरेका छन् ।

जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ११ का मानबहादुर विष्टलाई सहोदर भाइ धनबहादुर विष्ट र भतिजा बिरबहादुर विष्टले कुटपिट गरेको पीडितले बताएका छन् ।

मानबहादुरका छोरा लोकबहादुर विष्टले बारीमा गाई गएको विषयमा विवाद हुँदा बुवामाथि काका र भाइले कुटपिट गरेको दिनेश खबरलाई बताए ।

उनले कुटपिटबाट सख्त घाईते भएका मानबहादुरको टाउकोमा चोट लागेपनि आर्थिक अभावका कारण उपचारका लागि अस्पताल लैजान नसकिएको बताए ।

कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरी चौकी धाए पनि व्यस्त भएको जनाउँदै प्रहरी आउन नमानेको गुनासो उनको  छ । 

ज्वाई वडाध्यक्ष रमिते ! 

बुवाछोराले ठुलो बुवामालाई कुट्दा वडा नम्बर ११ का अध्यक्ष समेत रहेका ज्वाई मानबहादुर महराले उनीहरुलाई सघाएको आरोप लगाएको छ ।

विष्टका छोरा लोकबहादुरले कुटपिट भएका बेला वडाध्यक्ष महरा पनि घटना स्थलमै भएपनि रमिते बनेर उनीहरुलाई सघाएको आरोप लगाएका छन् ।

बुवालाई कुट्ने बेला वडा अध्यक्ष पनि त्यतै हुनुहुन्थ्यो । ‘जनप्रतिनिधि जस्तो मान्छेले छुट्याउनको सट्टा कुटपिट गर्न दिए । त्यसको पछाडी उहाँको पनि पक्कै हात छ ।’ दिनेश खबरसँग विष्टले भने ।

उक्त विषयमा बुझ्न वडा अध्यक्ष मानबहादुर महरालाई टेलिफोन गर्दा सम्पर्क भएन । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।