२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

अछामको ढकारीमा हत्याको आरोपमा एक जना पक्राउ

अछाम, ११ कार्तिक । अछामको ढकारी गाउँपालिकामा धारिलो हतियारको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका— ३ चैतेखालीका २० वर्षीय देवेन्द्र थापा रहेको छन् । उनीसंगै रहेका १५ वर्षीय ईन्द्र थापा घाईते भएका छन् । उनको अवस्था गम्भीर छ ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा ढकारी गाउँपालिका— ३ झ्याईसल्ला बस्ने ४२ नरेन्द्र बहादुर बुढालाई पक्राउ गरेको छ । बुढाले धारिलो हतियारको आक्रमण गरी एक जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा परी घाईते भएका ईन्द्र थापाको कम्मरमुनिको भाग चल्दैन । उनको मंगलसैनमा उपचार भईरहेको छ ।

सोमवार राति साढे १२ बजे चैतेखालीबाट ढकारी जादै गरेका उनीहरुमा बुढाले आक्रमण गरेको बताईएको छ । आक्रमण गरेको आरोपमा बुढालाई बिहान साढे ४३ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घट्नाका सम्बन्धमा अनुसन्धान भईरहेको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।