२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

बली रोक्न खोज्दा प्रजिअलाई नै देउता लगाउने धम्की

बैतडी, ११ कार्तिक । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले जनस्वास्थ्यका मापदण्ड पुरा गर्न र सामाजिक दूरी अपनाएर दशैं मनाउन आग्रह गरेपनि सुदूर पश्चिममा भने स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै दशैं मनाईएको छ ।

अझ यो पटक दशैंमा सरकारले सार्वजनिक रुपमा पूजा पाठ, जाँत तथा धार्मिक अनुष्ठान नगर्न जारी गरेको निर्देशन प्रमुख जिल्ला अधिकारीहरुले कार्यान्वयन नै गर्न सकेनन ।

बली नचढाउन जारी गरेको सरकारी निर्देशन पनि स्थानीय बासिन्दाले टेरेनन । बरु कतिपय शक्तिपीठहरुमा बिगतको तुलनामा यो पटक रांगा र बोका बढि काटिए ।

बैतडीमा बली नचढाउन र शक्तिपीठहरुमा भीडभाड नगर्न स्थानीय प्रशासनले गरेको आग्रहलाई स्थानीय तहका प्रमुख र उप्रमुखहरुहरुले नै टेरेनन ।

स्थानीय सरकारका रुपमा चिनिने स्थानीय तहका प्रमुख उपप्रमुखको शान्ति सुरक्षा कायम गर्ने र संक्रमण फैलिन नदिन सावधानी अपनाउने जिम्मेवारी भएपनि उनीहरु नै उल्लंघनकर्ता देखिए ।
बैतडीको देहीमाण्डौंस्थित निङ्लासैनी भगवतीको मन्दिरमा यसपटक पनि बली चढाईयो । 

प्रमुख जिल्ला अधिकारीले शक्तिपीठहरुमा भीडभाड नगर्न र बली नचढाउन आग्रह गरेका थिए । उल्टै स्थानीय बासिन्दाले बली रोक्न खोजे प्रजिअका बिरुद्ध देउतालाई भाकल गर्ने चेतावनी दिएको बताईएको छ ।

शक्तिपीठहरुमा बलप्रयोग गर्न सक्ने अवस्था नरहेकोले स्थानीय प्रशासनले मौनता साँधेर बसेको बुझिएको छ । 

यस पटक कोरोना रोकथाम र परिवारका सदस्यहरुलाई कोरोनाको संक्रमण नहोस शक्तिपीठहरुमा भनेर बिगतमा भन्दा बढि बलि चढाईएको बताईएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले स्थानीय बासिन्दाको धार्मिक आस्थामा असर नपर्ने गरी शक्तिपीठहरुमा बली चढाउन तथा भीडभाड नगर्न आग्रह गरिएको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।