२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

बैतडीमा कु‍टपिटबाट एकको मृत्यु, दुईजना पक्राउ

बैतडी, ११ कात्तिक ।  बैतडीमा कुटपिटमा परी घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ का ३२ बर्षीय कमलबहादुर साउँदको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले कात्तिक ९ गते कुटपिटबाट घाइते साउँदलाई धनगढीबाट थप उपचारका लागि कोहलपुर लैजादै गर्दा सोमबार मृत्यु भएको बताए ।

यसैबीच हत्यामा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अधिकारीले साउँदमाथि कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय विरेन्द्र चन्द्र र ज्ञानेन्द्र चन्दलाई पक्राउ गरिएको बताए ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।