२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

बन्दको पुर्व सन्ध्यामा (विप्लव) नेकपा द्वारा मशाल जुलुस प्रदर्शन

कैलाली। आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको (नेकपा) ६ गते मंगलबार अाह्वान गरेको बन्दको प्रचारप्रसार अन्तर्गत अाज मशाल जुलुस प्रदर्शन गरेको छ ।

गौरीगंगा नगर कमिटिको अायोजनामा वडा नं १० उदाशिपुरमा मशाल जुलुस प्रदर्शन गरेको हो । कृत्रिम मुद्धा बनाएर कार्यकर्ता पक्राउ गरेको भन्दै ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले भोली ६ गते सेती महाकाली बन्दको आह्वान गरेको छ।

सरकारले झुठा मुद्दा लगाएर राज्य अातंक गरेको, नेकपा माथि राजनीतिक प्रतिबन्ध लगाएर गैरन्यायिक तबरले पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहाको माग गर्दै विप्लव नेतृत्वको नेकपाले संघर्ष कार्यक्रम अन्तरगत भोली बन्दको आह्वान गरिएको हो।

गएको बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका- ७ बाट विप्लवका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो।

उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।