दार्चुला । लगातारको वर्षाका कारण दार्चुलाका पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । नौगाड गाउपालिका वडा नं ६ को परिगाँउमा गएराती गएको पहिरोमा हजिर्त सिंह ठगुन्नाकी ४२ वर्षीया श्रीमती मानमति ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सोही ठाउँका मानसिंह ठगुन्नाको घर बगाउदा उनकी ६ वर्षीया छोरी आरती ठगुन्ना बेपत्ता रहेकी छन् । बेपत्ता बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस्तै पहिरोले परिगाउँका तीन घर तथा समैजी आधारभुत विद्यालय परीगाउँको भवन बगाएको छ ।
Views: 44