बाजुरा, ५ साउन । साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नगरपालिका वडा न २ ताप्रीसेरामा रहेको पक्की पुल खोलाले बगाएको छ ।
आइतबार राती परेको अबिरल बर्षा संगै घट्टेखोलामा बाढि आएसंगै सो पुल बगाएको बुढीगंगा नगरपालिका वडा न २ का वडा अध्यक्ष हिरालाल थापाले बताए ।
त्यो संगै साफे मार्तडी सडक अन्तरगत धेरै ठाउँमा पहिरो आएर आजदेखी यातायात पुणर्रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराईले बताएका छन ।
पुल संगै अमकोटमा पहिरो आएर २ हप्तादेखी सडक अबरूद्ध भएको छ ।
Views: 90