काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ५९ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको हो।संक्रमितमध्ये १६ सय ८० जना निको भएर डिस्चार्ज भएका छन् ।
हाल देशभर २७ हजार ५३ जना सक्रिय संक्रमित छन्।
हाल ११ हजार १७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
आज १३ हजार २७९ जनाको परीक्षण भएको छ।पछिल्लो २४ घणटामा जम्मा १ हजार ६८० जना निको भएका छन्।
योसहित हालसम्म ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितको ७२.५ प्रतिशत हो।
Views: 161

























