डडेल्धुरा – डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



आज संक्रमण पुष्टि हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना, डडेल्धुरा अस्पतालका एक जना, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २ जना, बैतडीको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका एकएक जना रहेको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार पछिल्लो २४ घण्टामा ३६ जनाको परीक्षण गरिएको थियो।
Views: 120

























