२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

लकडाउन फेरि लम्बिने, नयाँ ढाँचाबारे मन्त्रिपरिषद्ले आज निर्णय लिने

काठमाडौं, ५ साउन । लकडाउन अझै लम्बिने भएको छ । सरकारले आज मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिने भएको छ ।

७ साउनसम्मका लागि रहेको लकडाउन लम्ब्याउने निर्णय गरिने भएपनि ढाँचा भने परिवर्तन हुनेछ । विगतमा भन्दा लकडाउन केही खुकुलो बनाइने सरकारको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

यसअघि हिजो कोभिड(१९) संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नयाँ ढाँचाबारे प्रस्ताव तयार गर्दैछ । यसलाई मन्त्रिपरिषदमा निर्णयका लागि लगिदैछ । सीसीएमसी सचिवालयका संयोजक समेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले ७ साउनको ढाँचाबारे सुझाव संकलन गरी छलफल भइरहेको जानकारी दिए ।

नयाँ ढाँचामा रोकथामको उपायसहित विभिन्न क्षेत्र विस्तारै खोल्न दिने तयारी भएको छ । यसपटक होटल तथा रेष्टुँराहरु निश्चित मापदण्डसहित खोल्न दिइने छ । शैक्षिक संस्थाहरु विभिन्न समुहमा आलोपालो गरी खोल्नेबारे पनि छलफल बढाइएको स्रोतले जानकारी दिएको छ । मनोरञ्जन स्थल र शैक्षिक संघसंस्थाहरु अझै केही समय बन्द राखिनेछन् ।

सार्वजनिक यातायातहरु आधा सिटमा सञ्चालनमा आएका छन् । उद्योग व्यवसाय पनि सञ्चालन भइसकेका छन् ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।