धनगढी, २३ असोज । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाबाट ६ हजार ७ सय बढि कोरोना मुक्त भएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका ६ हजार ७ सय २ जना संक्रमित निको भएका हुन । बिहिबार कन्चनपुका १२ र बैतडीका २ गरी १४जना कोरोना मुक्त भएका छन ।



सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या १ हजार ९९ रहेको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय ८७, डोटीमा १ सय २९, बझाङमा १ सय ९, अछाममा ६२, बैतडी ३२, कंचनपुरमा ९२, दार्चुलामा ७३ र डडेल्धुरामा १३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ ।
चार महिनाको अवधिमा सुदूरपश्चिमका १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Views: 152

























