२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

दशैँकाे टीका कुन देशमा कति बेला लगाउने ?

काठमाण्डाै । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।

समितिको बैठकले नेपालको काठमाण्डाैका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १० बजेर १९ मिनेटकाे साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको दिल्लीमा बिहान १० बजेर ३५ मिनेट, अमेरिकाकाे न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११ बजेर ५ मिनेट, केन्टुकीमा बिहान ११ बजेर ७ मिनेट, टेक्सासमा बिहान ११ बजेर ५७ मिनेट र क्यालिफोर्नियामा ११ बजेर ४५ मिनेटकाे साइत दिइएको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले बताउनुभयो ।

यसैगरी बेलायतको लण्डनका लागि बिहान ११ बजेर ३९ मिनेट, क्यानडाको टोरन्टोका लागि बिहान ११ बजेर ४३ मिनेट, पोर्चुगलको लिस्बनका लागि बिहान ११ बजेर ३७ मिनेट र फ्रान्सको पेरिसका लागि बिहान ११ बजेर ४१ मिनेटमा विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी शहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ ।

जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११ बजेर ३५ मिनेट, अष्ट्रेलियाको सिड्नीमा बिहान ९ बजेर ४३ मिनेट, अष्ट्रेलियाकै मेलबर्न शहरमा बिहान ९ बजेर ५३ मिनेट, अष्ट्रेलियाकै ब्रिसबेनमा बिहान ९ बजेर ५१ मिनेट, मलेसियाको क्वालालम्पुरमा बिहान १० बजेर ३५ मिनेट, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १० बजेर ४३ मिनेट, कतारको दोहामा बिहान १० बजेर २१ मिनेट, थाइल्याण्डको बैङ्ककमा बिहान १० बजेर ३३ मिनेट, दक्षिण कोरियाको सोलमा बिहान १० बजेर २७ मिनेट, इजरायलको तेल अभिभमा बिहान १० बजेर ३७ मिनेट, सिङ्गापुरमा बिहान १० बजेर ४१ मिनेट, हङकङमा बिहान १० बजेर ४९ मिनेट, साउदी अरबमा बिहान १० बजेर २५ मिनेट र न्युजिल्याण्डको वेलिङ्टनमा बिहान १० बजेर १५ मिनेटकाे समयमा दशैँको टीका लगाउन उत्तम हुने जनाइएको छ ।

यी शहरमा पनि अक्टोबर २६ तारिखकै दिन विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ । विभिन्न देशमा फैलिएका नेपाली एवं वैदिक सनातन धर्मावलम्बीले दशैँको टीका लगाउन शुभसाइत माग्न थालेपछि समितिले ती देशका स्थानीय समयानुसार शुभ हुने बेलामा साइत दिइएको जनाएको छ । विश्व ज्योति महासङ्घले समिति गठन गरेको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसअघि नै नेपालका लागि दशैँका विभिन्न साइत सार्वजनिक गरिसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।