धनगढी । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्टलाइ कोरोना पुष्टि भएको छ ।



सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा डिएसपी बिष्टलाई संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
उनको गत १९ गते स्वाब सङ्कलन गरिएको थियो । रिपोर्ट पोजेटिभ आएसँगै उनी आइसोलेसनमा बसेका छन् ।
Views: 153

























