२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

कैलालीमा ८१ हजार ५ सय सहित १४ जुवाडे पक्राउ

धनगढी, २२ असोज । कैलाली प्रहरीले जुवा खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १–स्थित विष्णु खनालको खाली घरबाट ईलाका प्रहरी कार्यालय लम्कीको टोलीले जुवाडेलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट ८१ हजार ५ सय नगद र तासका तिन गड्डी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

उनका अनुसार जुवाको खालबाट सोही ठाउँका ५० वर्षीय मनी प्रसाद खनाल, २७ वर्षीय पुर्णप्रसाद रेग्मी, २२ वर्षीय दिपेन्द्र साउद, ३३ वर्षीय प्रदिप कुमार धमाला, ३२ वर्षीय मेखबहादुर बस्नेत, ४९ वर्षीय धनिराम जैशी, ६० वर्षीय हरी प्रसाद जोशी रहेका छन।

त्यस्तै सोहि ठाउका २९ वर्षीय  पुर्णप्रसाद ढकाल, ३८ वर्षीय केशबबहादुर शाही, ३८ वर्षीय  भिम रेग्मी, ३२ वर्षीय लक्ष्मण खनाल, ३४ वर्षीय  मानबहादुर बिष्ट, ३४ वर्षीय  दलबहादुर बस्नेत र ३२ वर्षीय डबल जैशीलाई प्रक्राउ गरिएको छ ।  

पक्राउ परेकाहरु माथि जुवा शीर्षकमा मुद्दा दर्ता अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।