लोकेन्द्र कैनी (नबदुर्गा)-
कोरोनाका कारण बन्द रहेको समयमा पठनपाठन सुचारू गर्न टोल टोलमै शिक्षक आएपछि गौडेस्वर का बिधार्थीहरू खूसी भएका छन् । लामो समय देखि विद्यालय बन्द हूदा बिधार्थीहरुले सिकाई बिर्सने जोखिम भएपछि नबदुर्गा को गौडेस्वर मा बि बेलापूर ले सामूदायिक विद्यालय सेवा क्षेत्र लाई टोलमा बाडेर बालबालिकाको सिकाई लाई निरन्तरता दिएको हो ।
स्कूल व्यवस्थापनका अध्यक्ष
तथा वडा न ४ का अध्यक्ष शपदम बिष्टका अनूरार “नबदुर्गा ४ को मातहत का ९ ओटा मा बि तथा अन्य आधारभूत स्कूल को सेवा क्षेत्रलाई पायक पर्ने स्थान मा जम्मा गरी पढाउनु थालिएको छ”।
धेरै पछि साथीहरु संग पढ्न पाऊदा खूसी लागेको गौडेस्वर मा बी कक्षा ९ की छात्रा प्रमिला बिष्ट बताउनू भयो।
लामो समय को अन्तराल पछि गाउ बस्ती तिरै भए पनि शिक्षण गर्न पाउदा बिधार्थी को मनोबल लाई बलियो र संगै कोरना सूरक्षा उपाय का साथ केहि थप कूरा सिकाऊन पाऊदा खूसी लाग्यो शिक्षक श्री राज बोहरा
सिकाई निरन्तरताको लागी हरेक बिधार्थी को हातहातमा नया पाठ्यपूस्तक पुर्याईएको छ ।अब देखी हरेक दिन टोल शिक्षण हूनेछ ।गौडेस्वर मा बि बेलापूर का प्रा शिक्षक श्री दान बाहादूर बोहरा ले बताऊनु भयो।




























