२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

बलिउडकी चर्चित गायिका हुन् नेहा कक्कडकाे बिबाह हुदै

काठमाण्डाै- बलिउडकी चर्चित गायिका हुन् नेहा कक्कड । दर्जनौ गीतहरु गाएर चर्चामा आएकी नेहा अहिले प्रेममा छिन् । भारतिय मिडियाका अनुसार उनको विवाहको पनि तय भइसकेको छ ।

उनी केही समयदेखी पंजाबी गायक र अभिनेता रोहनप्रीत सिंहसँग प्रेममा छिन् । रोहनप्रीत रियलिटी शो राइजिंग स्टार २ का रनर-अप हुन् । उनी शो मुझसे शादी करोगेमा पनि देखा परेका थिए ।

रिपोर्टका अनुसार नेहा र रोहनप्रीत केहि महिना अघि म्युजिक भिडियो डायमंड दा छल्लाको सेटमा भेटेका थिए। केहि महिनाअघि एक अर्कासँगको डेटको क्रममा विवाह गर्ने फैसला गरेको बताइएको छ ।

भारतिय मिडियाका अनुसारु यी दुईले मुम्बईमा २४ अक्टोबरमा विवाह गर्न सक्ने बताइएको छ । दुवैले केहि दिनअघि सामाजिक सञ्जालमा आफुहरुको एक भिडियो पनि शेयर गरेका थिए । उनीहरुको विवाह हुने खबरले अहिले फ्यानहरु निकै खुशी भएका छन् ।

भारतकै चर्चित गायिका नेहाका इस्मे तेरा घाटा, मिले हो तुम हमको, काला चस्मा, आख मारे, कोकाकोला, नैना, गल्ली गल्ली, दिलवर दिलवर लगायतका गीतहरु निकै चर्चामा छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।