कञ्चनपुर – शुक्लाफाँटाका सामुदायिक पशु चाैपायाका लागि एनिमल नेपाल द्वारा रू१लाख सहयाेग कंचनपुरकाे शुक्लाफाँटा नगरपालिका वडानं९ काे वृद्वावन सामुदायिक पशु चाैपाया व्यवस्थापन केन्द्रमा रहेका छाडा पशु चाैपाया हरूकाे उपचार र आहारका लागि एनिमल नेपालले सहयोग गरेकाे छ।उक्त संस्थाले पशुहरूकाे संरक्षण सम्वद्वनका लागि भन्दै राहत स्वरूप विहिवार पशु चाैपायाका संरक्षण शु.न.पा.९नं वडा अध्यक्ष रमेश वहादुर ऐरलाई रू १लाखकाे चेक हस्तान्तरण गरिएको हाे।सहयाेग रकम वुझ्दै वडा अध्यक्ष ऐरले भने एनिमल नेपाल संस्थाकाे विशेष सहयाेग जुटाउन विश्व हिन्दु महाँसंघका वरिष्ठ उपाध्यक्ष एवं पुर्व मन्त्री एनपि साउदका पत्नि ज्याेत्सना साउदकाे पहलमा याे दोस्रोपल्ट सहयाेग जुटेको छ।उनलेभने संस्थाले आर्थिक सहयाेग संगै भेटनरि डक्टर समेतलाई संगै ल्याई पशु व्यवस्थापन केन्द्रमा रहेका पशु चाैपायालाई उचित चेकजाँच उपचार परामर्श र अाैषधिकाे व्यवस्था गरिदिएकाे वताए।संस्थाकाे अतुलनीय सहयाेगले केही राहतकाे महसुस भएकाेछ।उचित उपचार परामर्शका कारण पशुहरूकाे राेग निकाे हुँदै गई पशु मृत्युु दर घटेकाे वडा अध्यक्ष ऐरले जनाए।अाहार उपचारकाे व्यवस्था भएपनि पशुहरूले खुला अाकास मृुनि वस्नु परिरहेकाे समस्या हल गर्न सराेकारवाला निकाय संगै एनिमल नेपाल संस्थालाई वासस्थान समेतकाे व्यवस्था मिलाईदिन आग्रह गरिएको उनले वताए।सहयाेग रकम हस्तान्तरण गर्दै एनिमल नेपालका डाईरेक्टर एवं फन संस्थाका केन्द्रीय सदस्य हरि प्रसाद जाेशिले संस्थाले निरन्तर जनावरको संरक्षण सम्वद्वन संगै उनिहरूकाे अधिकारकाे पक्षमा काम गरिरहेकाे वताउदै हाल नेपालकाे राष्ट्रिय जनावर हिन्दुकाे अास्थाकाे धराेहर गाँईनै जताततै सडकमै छाेडेकाे देख्दा दुख लाग्ने गर्दछ।उनले पछिल्लो समय पशु चाैपाया छाडा रूपमा जथाभावी छाेड्दा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा वदनामि सहनु परेकाे छ।सम्मानित सर्बोच्च अदालतले समेत छाडा पशुहरूकाे उचित व्यवस्थापन गर्ने अादेस दिईसकेकाले सराेकारवाला सवैमिलि याे साझा समस्या हल गर्नु जुट्नु पर्ने जाेशिले वताए।एनमिल नेपालका भेटनरि डक्टर मनाेज कार्कीले सुदुरपश्चिम र मध्यपश्चिमका २१ वटा स्थानिय तहमा छाडा चाैपायाकाे समस्या विकराल वन्दैछ।समयमानै नागरिकमा सकारात्मक साेच व्यापक जनचेतना जागृत गर्न सके मात्रै समस्या तत्काल हल गर्न सकिने वताए।उनले जनावर देखि मानिसमा ९० प्रतिसत जति राेग सर्ने हुदा ती राेगहरू वाट वच्नका लागि पनि छाडा पशु चाैपायाकाे उचित स्याहारसुसार उपचारमा ध्यानदिनु पर्ने भन्दै डा.कार्कीले भने मानव पशुविचकाे सम्बन्ध परम्परा देखिनै सुमधुर रहेकाले मानव समुदायकाे सुरक्षाका लागि भएपनि पशुकाे संरक्षणमा जाेड दिए।शुक्लाफाँटा छाडा पशु चाैपायाकाे संरक्षणमा एक कदम अगाडि छ।पशुहरूकाे उचित अाहार स्वास्थ्य उपचारले अधिकांश पशु स्वस्थ्य रहेपनि केहिमा राेगकाे संक्रमण देखिएकाले परामर्श अनुशारकाे उपचार गर्न भेटनरि डा.कार्कीले सुझाव दिएका हुन्।शुक्लाफाँटाकाे ९नं वडाकाे बिन्द्रावन सामुदायिक पशुव्यवस्थान स्थलमा हाल२सय६५छाडा पशु चाैपाया रहेका छन।एनिमल नेपाल संस्थाले आर्थिक संगै प्राविधिक सहयाेग गरेकाे याे दोस्रोपटक हाे।




























