२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघ्याे

काठमाण्डाै – नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघेकाे छ । गएकाे २४ घण्टामा तीन हजार चार सय ३९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार सात पुगेकाे हाे ।

अहिलेसम्म ९४ हजार दुई सय ५३ जनामा काेराेना सङ्क्रमण भएकाेमा ६८ हजार ६ सय ६८ जना निकाे भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १४ हजार दुई सय नाै जनाकाे पीसीआर परीक्षण गरेकाेमा ३४ सय ३९ जनामा काेराेना पुष्टि भएकाे छ । याे सङ्ख्या दैनिक विवरणमा अहिलेसम्मकै धेरै हाे । 

यस्तै बुधबार १५ जनाकाे ज्यान गएसँगै ज्यान गुमाउनेकाे सङ्ख्या पाँच सय ७८ पुगेकाे छ ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।