२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

भारतीय सिमको भरमा रुपाल (चुडी) का स्थानीय

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–२ अन्तर्गत पर्ने रुपाल क्षेत्रको चुडी गाउँमा नेपाली दूरसञ्चार सेवाको पहुँच नहुँदा स्थानीय नागरिक वर्षौंदेखि भारतीय सिमकार्डको भरमा बस्न बाध्य भएका छन्। नेपालकै भू–भागमा रहेर पनि विदेशी नेटवर्कको भर पर्नुपर्ने अवस्थाले गाउँका मानिसहरूको दैनिकी नै अस्तव्यस्त बनेको छ ।

नेपाल टेलिकमको सेवा चुडी क्षेत्रमा नचल्दा फोन सम्पर्क, इन्टरनेट प्रयोगदेखि सामान्य कामकाजसम्ममा ठूलो समस्या भोग्नुपरेको स्थानीयले बताउँछन् । चुडी का स्थानीय राजन भट्टले गाउँमा नेटवर्क नआउँदा दैनिक कार्यसम्पादनमा नै समस्या उत्पन्न हुने बताएका छन् । उनका अनुसार सिग्नल कमजोर भएकाले फोन उठाउन, सम्पर्क गर्न वा इन्टरनेट चलाउन टाढाटाढासम्म धाउनुपर्ने अवस्था छ ।

अर्का स्थानीय टेकराज गिरीलेसमेत नेटवर्क नहुँदा गाउँमा सूचना, सेवा र सुविधाको पहुँच अत्यन्त कमजोर भएको बताए । गाउँमा कुनै घटना–दुर्घटना वा आकस्मिक अवस्था आइपर्दा सम्बन्धित निकाय वा आफन्तसँग सम्पर्क गर्न कठिन हुने गरेको उनको भनाइ छ । भागेश्वर गाउँपालिका–२ का हिक्मत जोशीले नेटवर्क नआउँदा विद्यार्थीहरूको पठन–पाठनमा समेत प्रत्यक्ष असर परेको बताउँछन् । दैनिक गृहकार्य, इन्टरनेटमार्फत अध्ययन सामग्री खोज्ने, अनलाइन कक्षामा सहभागी हुनेजस्ता कार्य नेटवर्क अभावकै कारण प्रभावित भएको उनको अनुभव छ । उनले विद्युत् सेवा समेत गाउँमा नहुँदा झन समस्या हुने गरेको बताए ।

स्थानीय युवानेता खगराज जोशी गाउँको समस्याको दीर्घकालीन समाधान गर्न स्थानीय तह, टेलिकम र केन्द्र सरकारबीच समन्वय आवश्यक रहेको बताउँछन् । उनले वर्षौंदेखि स्थानीयले आवाज उठाउँदै आए पनि सुनुवाइ नभएको गुनासो गर्छन् । गाउँकै डाँडाकाँडामा पुगेर नेटवर्क खोज्ने, सिम सर्कल परिवर्तन गरी भारतीय सेवा प्रदायकको सिमकार्डमा निर्भर बन्ने र इन्टरनेटको न्यून गतिका कारण व्यावसायिक क्रियाकलाप नै प्रभावित हुने अवस्था रहेको उनले बताए ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा इन्जिनियर बिरेन्द्र सिंह थापाले चुडेँली क्षेत्रमा सेवा अवरुद्ध हुनु डागेश्वरी माइक्रोवेभ लाइनमा देखिने प्राविधिक समस्या रहेको बताए । उनका अनुसार प्राविधिक कमजोरी, भौगोलिक चुनौती र स्तरोन्नतिका काममा ढिलाइ भएकाले सेवा नियमित हुन नसकेको हो ।

यसआर्थिक वर्षभित्र आवश्यक प्रक्रिया पूरा गरी समस्या समाधान गर्ने काम अघि बढाइरहेको थापाले बताए । उनले उक्तक्षेत्रका नागरिकको पटक–पटक गुनासो आउने गरेको पनि बताए । नागरिकहरुको गुनासो सम्वोधनका लागि कार्यालयको तर्फबाट काम भइरहेको उनले जानकारी दिए ।

हाल डडेल्धुरामा नेपाल टेलिकमका ३४ टावर साइटमध्ये ३२ वटामा फोर–जी सेवा उपलब्ध भए पनि दुईवटामा टू–जीमै निर्भर रहनुपरेको छ । टावर सञ्चालनका लागि आवश्यक विद्युत् आपूर्तिमा समस्या आउने र धेरै टावर सोलार प्रणालीमा आधारित हुनुपर्ने बाध्यताले सेवा निरन्तरतामा चुनौती थपिएको टेलिकम डडेल्धुराले जनाएको छ । आलिताल, गाङ्खेत, जाबाती र परशुरामको लामीजालासहितका ठाउामा सोलार प्रणालीमार्फत टावर चलाउनुपरेको टेलिकमले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।