२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

बगरकोट–सिराड–रूपाल सडकका लागि छुट्याइएको ३ करोड बजेट रोक्काः अरु कहाँ कहाँको बजेट रोक्का भयो त ? (हेरौं सूची सहित)

डडेल्धुराको ‘लिंक रोड कार्यक्रम’ का लागि छुट्याइएको ४८ करोड बजेट रोक्का

काठमाडौँः सरकारको खर्च कटौती अभियानअन्तर्गत डडेल्धुरामा विनियोजित ४८ करोड रुपैयाँ बजेट रोक्का गरिएको छ। बगरकोट–सिराड–रूपाल सडकका लागि छुट्याइएको ३ करोड बजेट रोक्का गरिएको छ ।

अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘डडेल्धुरा लिंक रोड कार्यक्रम’ अन्तर्गतका सबै सडक आयोजनाको बजेट रोक्का गरेको हो। यो निर्णय असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खर्च कटौती गर्न ३ करोड रुपैयाँभन्दा कमका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेपछि आएको हो।

मन्त्रालयका अनुसार डडेल्धुरामा विनियोजित बजेटबाट विभिन्न सडक निर्माण तथा मर्मत आयोजना प्रभावित भएका छन्। कहाँ कहाँको बजेट रोक्का भयो त? हरौं सूची सहितः

* डडेल्धुरा बागबजार–पोखरा सडक स्तरोन्नतिका लागि छुट्याइएको २० करोड रुपैयाँ
*भात्काँडा रेल सडकका लागि ४ करोड

*सल्लाघारी–उग्रतारा–आइत हुँदै बागबजार सडकका लागि ३ करोड

*बगरकोट–सिराड–रूपाल सडकका लागि ३ करोड

*उग्रतारा–मेलौली सडकका लागि ४ करोड

*पोखरा–बेलापुर सडकका लागि ३ करोड

यी सबै आयोजनाको बजेट हाल अर्थ मन्त्रालयले रोक्का गरेको छ। अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार, डडेल्धुरा र झापा जिल्लाका लिंक सडक कार्यक्रमहरू कटौतीको सूचीमा परेका छन्। अन्य जिल्लाका ठूला कार्यक्रमहरूमा भने आंशिक रकम मात्रै रोक्का गरिएको छ।

सरकारको यो कदमले डडेल्धुरामा चलिरहेका सडक निर्माण र मर्मत कार्य प्रभावित हुने देखिएको छ। स्थानीय निकायहरूले यस निर्णयले भौतिक विकासका ठूला आयोजनामा ढिलाइ हुने चिन्ता व्यक्त गरेका छन्।

अर्थ मन्त्रालयले पूँजीगत खर्च घटाउने लक्ष्यसहित सबै मन्त्रालयका टुक्रे आयोजना रोक्का गरेर करिब १ खर्ब २० अर्ब रुपैयाँ बचत गर्ने नीति अघि सारेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।