डडेलधुरा — भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा सोमबार काठमाडौंमा भएको दमनको विरोधमा प्रदर्शन चर्किएपछि डडेलधुरा प्रशासनले कर्फ्यू जारी गरेको छ । प्रदर्शनकारीले मंगलबार जिल्ला प्रशासन, अमरगढी नगरपालिका, जिल्ला निर्वाचन, आन्तरिक राजस्व, मालपोत कार्यालयसहित एमाले, कांग्रेसको पार्टी कार्यालय र ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक संस्थालगायतका भौतिक संरचनामा आन्दोलनकारीहरूले क्षति गरेका छन् ।



आन्दोलन चर्किएपछि जिल्ला प्रशासनले अपराह्न ३ बजेदेखि राति १० बजेसम्म सदरमुकामका क्षेत्र तोकेर कर्फ्यू जारी गरेको हो ।
Views: 222

























