२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

पत्रकारमाथि आक्रमणको विरोधमा डडेल्धुराबाट सीडीओमार्फत प्रधानमन्त्रीलाई अल्टिमेटम

डडेलधुराः काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा डडेल्धुराले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघले सोमबार डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने मार्फत प्रधानमन्ती केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको हो। उक्त घटनामा पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको छ भने अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ। साथै, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा प्रहार गरी क्षति पुर्‍याइएको छ भने हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड भएको छ।

यसैगरी, पत्रकार दिनेश गौतम आक्रमणमा परी गम्भीर घाइते भएका छन् भने फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ।
पत्रकार महासंघले घटनाको गहिरो अनुसन्धान गरी दोषीहरूलाई फौजदारी अभियोगमा कारबाही गर्न, मृतक पत्रकारका परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि आक्रमण गर्नेहरूमाथि कानुनी कारबाही गर्न, क्षतिग्रस्त सञ्चारगृहलाई उचित क्षतिपूर्ति दिन र घाइते पत्रकारहरूको शीघ्र उपचारको व्यवस्था गर्न जोडदार माग गरेको छ।
महासंघले विगतमा भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी कारबाही गर्न तथा भविष्यमा सञ्चारकर्मीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ।

महासंघले आफ्ना मागहरू एक साताभित्र सम्बोधन हुनुपर्ने बताउँदै अन्यथा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष हिक्मत बहादुर सिंहद्वारा जारी विज्ञप्तिमा सरकारले प्रेस स्वतन्त्रता सुरक्षाका लागि ठोस कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।