नक्कली प्रमाणपत्र बनाई खेलमा सहभागि राउने तीन विद्यालय माउन्टेन मावि, ज्ञानोदय विद्या निकेतन र सहश्रलिङ मावि राई माथि छानविन तथा करवाहि गर्न माग गरिएकोछ । अमरगढी स्तरीय राष्ट्रपति रनिङ सिल्डमा तीन विद्यालयले फर्जी खेलाडी विद्यार्थीलाई सिफारिस गरेको अरोप लागेको छ ।



बुधबारदेखि सुरु भएको अमरगढी स्तरीय ५औं राष्ट्रपति रनिङ सिल्डमा विद्यार्थीहरु फर्जि फेला परेपछि यस घटनामा सबैको चासो बढेको हो । आयोजकले यो घटना बाहिरिएपछि विद्यार्थीहरु लाई कारर्वाह िगरे पनि विद्यालय प्रति भने कुनै किसिमको कारवाहि नगरेको आरोप लागेछ ।
फर्जि विद्यार्थी पठाउने विद्यालयलाई आवश्यक अनुसन्धान गरि कारर्वाहि गर्न दुई विद्यालयले मा गरेका छन् । डडेल्धुरामा रहेको महेन्द्र माध्यमिक विद्यालय र क्याम्ब्रिज पब्लिक स्कुलले कारर्वाहि का लागि माग गरेका छन् ।
हरौ यो सुचनाः


यसै खेलबाट नगरले जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट गर्ने छ। प्रतियोगितामा नगरपालिकाका १२ वटा विद्यालयको सहभागीता रहेको छ। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को पाँचौ संसोधनमा कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष मुनिका खेलाडी समावेश गर्ने भनेर उल्लेख गरिएको छ। तर, यता निर्देशिकालाई लत्याउँदै केही विद्यालयले भने उमेर बढी भएका खेलाडीलाई समेत सहभागी गराइएको पाइएको छ।
फर्जी विद्यार्थी सहभागी गराउने विद्यालयमा माउन्टेन मावि, ज्ञानोदय विद्या निकेतन र सहश्रलिङ मावि राई रहेको बुझिएको छ। विद्यार्थी छनौट गरेर पठाउने काम विद्यालयले गरेता पनि विद्यालयलाई नै कारर्वाहि गरिएको छैन् । तर यसको मारमा विद्यार्थीहरु परेका छन् । पदक जित्न फर्जी विद्यार्थी हालेर सहभागी भएका विद्यालयलाई कारबाही गर्नुको साटो आयोजकले विद्यार्थीलाई कारबाही गरेको छ।
निर्देशिकामा मापदण्ड बाहिरका विद्यार्थी सहभागी गराए आयोजकले अनुशासनको कारबाही स्वरुप बाँकी अन्य खेलमा पनि सहभागी नगराउने उल्लेख छ। तर, नगरपालिकाले भने मापदण्ड बिपरित कारबाही गरेको भन्दै केही विद्यालयले आपत्ति जनाएका छन्।
मरगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्त फर्जी खेलाडी सहभागी टोलीलाई कारबाही गरिएको बताएका छन् । जुन विद्यामा फर्जी खेलाडी सहभागी छन् त्यो विद्याबाट टोलीलाई आउट गरिएको उनको भनाइ छ। उनले प्रशासनिक कारबाही जुनसुकै हदसम्म गरिने समेत जिकिर गरेका छन् ।

























