डडेल्धुराः चौलोले प्रसिद्धि कमाएको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध बडाल जाँत यहि कार्तिक २७ गते सम्पनन हुने गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष मनोज देउवाले वताए ।
कार्तिक २६ गते रतेडीको समय देखि २७ गते दिउँसेडी सम्म बिभित धार्मिक,सास्कृतिक तथा सामाजिक गतिविधिहरु समेत यस वर्ष पनि बडाल जात मनाईन लागेको छ । बडाल जाँत हरेक वर्ष कार्तिक शुक्ल दशमीको राती रतेडी र एकादशीका दिन दिउँसेडी गरी मनाईने परम्परा रहेको छ ।
गन्यापधुरा गाउपालिका २ बडालमा रहेको लाटागन्याप देवताकाको पुजा आजा गरी बडाल जाँत मनाईन्छ। धार्मिक शक्ति संगै चौलोले प्रख्यात बडाल जाँतमा रतेडीमा बिधिवत रुपमा देवताको पुजा आजा सुरु भए संगै बिहान भागेश्वर देवता लाई गाँजले ढोग गरे पछि दिउसोको मेला शुभारम्भ हुन्छ ।
दाईन, दमाह, रुईसिंग, भोकर बाजागाँजाका साथ स्थानियहरु हातमा ढाल तरवार खेलाई चौलो खेल्दै गाँज नाचाई सके पछि बडाल जाँत सम्पन्न हुने गर्दछ । ढाल दरवार खेलाई नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ ।मुल देउरो मालीगाउँबाट आएपछि सुतारी गाउँ र रुमाईलबाट देउरोहरु आईपुगने परम्परा रहेको छ। बडाल जाँतमा बिगतका बर्षहरु जस्तै स्थानियहरुको उत्पादन अहिले पनि साटासाट हुने गर्दछ । स्थानिय कृषकहरुको बिभिन्न कृषि उत्पादन, दाल, हलो–जुवा लगायतका वस्तुहरुको समेत मेलामा किनमेल हुने गर्दछ । सुदूरपश्चिमकै सबै भन्दा बढी दाईन, दमाहा र भोक्कर बजाउने मेलाका रुपमा समेत यो मेला प्रशिद्ध रहेको छ ।
बडालजाँतको पहिचान भनेको आफान्त संगको भेटघाट पनि हो वडा अध्यक्ष देउवाले भने कुनै समयमा भेटघाट हुन बडाल जाँतनै कुर्नु पथ्र्यो अहिलेको जस्तो सञ्चार नहुँदा दुख,सुख साँटासाँट हुने गर्थे ।
मेला भर्न डडेल्धुराका विभिन्न क्षेत्र, डोटी, बैतडी र भारतको उत्तराञ्चल प्रदेशबाट समेत भक्तजनहरु पुग्ने गरेका छन । वडा अध्यक्ष देउवाले मदिरा बेचबिखन तथा प्रयोग र जुवातास खेल्ने वा खेलाउने गरेको पाइएमा कडा कारवाही गरिने समेत वताए ।