२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

पूर्व सभामुख महरालाई स्थायी कमिटीमा ल्याउने नेकपाको निर्णय

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा ल्याउन सिफारिस गरेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले पूर्वसभामुख महरालाई स्थायी कमिटीको सदस्यमा नियुक्त गर्ने बैठकले निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सभामुख भएपछि पूर्वमाओवादी नेता महराले पार्टीको सदस्यता स्थगित गरेका थिए।

महरा माथि संसद सचिवालयकै एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिनुपर्ने अवस्था बनेको थियो।

उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन्।

यस्तै नेकपाको आजको बैठकले, प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय पनि गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।