२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

सुदूरपश्चिममा ७२ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ५५ नमूना परीक्षण गर्दा कैलालीका ४६ सहित ५६ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप २५ जनामा संक्रमण देखिएको जानकारी दिए ।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ९ जना, कैलाली गाउँपालिकाका ५ जना, गौरीगंगा नगरपालिका, टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका २/२ जनामा भाइरसको संक्रमण देखिएको छ ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बेदकोट नगरपालिकाका २ जना, बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै उता अछाममा थप १५ जनामा कोरोना भाइरसको संक्रमाण पुष्टि भएको छ । आइतबार कमलबजार नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।

१ सय ४३ नमूना परीक्षण गर्दा जिल्लाको मंगसेन नगरपालिकाका १० जना, अछामको चौरपाटी गाउँपालिका, कैलालीको टिकापुर नगरपालिका, बैतडीको पुर्चौडी नगरपालिका, सल्यानको छत्रेश्वरी गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकाकाका १÷१ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा १ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ८ सय ८० पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार ३ सय २१ जना डिस्चार्ज भएका छन भने हाल सम्म ४७ जना संक्रमितको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।