पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ४३ हजार ६६४ पुगेको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ३२० छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १७८८ पुगेको छ ।
Views: 411

























