२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारी समक्ष संसद बिघटनको सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष संसद बिघठनको सिफारिस गर्नुभएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष संसद् विघटनका लागि सिफारिस गर्नुभएको हो ।

प्रधानमन्त्रीले २०७८ बैशाख महिनामा संसदको निर्वाचन गर्नेगरी बतृमान संसद बिघठनको सिफारिस गर्नुभएको बताइएको छ । सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, सत्रारुढ नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ । सरकारले अध्यादेश अझै फिर्ता लिएको छैन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।