२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा पढाइ सुरू हुने

त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको  प्रा.डा. शिवलाल भुसालले जानकारी दिए ।

‘स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको छ’ प्रा.डा. भुसाल भन्छन्, ‘कोरोनाबाट जोगिँदै पढाइलाई निरन्तरता दिन खोजेका हौं ।’

भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको उनले जानकारी दिए । यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख छ ।

त्रिविले पूर्वतयारी र सतर्कता अपनाउँदै परीक्षाहरू पनि भौतिक रुपमै सञ्चालन गर्ने भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।