२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सुदूरपश्चिमका थप ८१ जनामा कोरोना पुष्टि

कैलालीका ७४ सहित सुदूरपश्चिमका थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार ३ सय ७० जनाको परीक्षण गर्दा थप ८१ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जनामा संक्रमण देखिएको जानकारी दिए।

उपमहानगरपालिकाको वडा नम्बर १ का ८ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर ८ का ३ जना, वडा नम्बर २ का २ जना, यस्तै वडा नम्बर ३, ४, ७, ९ १२ र १५ का १र१ जनामा संक्रमण देखिएको उनले बताए। 

कैलालीकै टीकापुर नगरपालिका र कैलारी गाउँपालिकाका १५र१५ जना, गोदावरी नगरपालिकाका १० जना, लम्किचुहा नगरपालिकाका ६ जना, मोहन्याल गाउँपालिकाका २ जना, यस्तै जानकी गाउँपालिका र भजन नगरपालिकाका १र१ जनामा समेत कोराना पुष्टि भएको छ।

उता कञ्चनपुरको पुनर्वास नगरपालिकाका ५ जना र भीमदत्त नगरपालिकाका २ जनामा  पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।