२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

अत्तरियामा त्रिनयन खोज अनेक समितिको गठन

अत्तरिया – गोदावरी नगरपालिका २को अत्तरियामा त्रिनयन खोज अनेक समितिको गठन गरिएको छ । सोमबार अत्तरिया जेसिज बर्ष २०२० का अध्यक्ष प्रमोद अधिकारीको अध्यक्षतामा बसको युवाहरुको भेलाले जय बहादुर धामीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा हेमराज भट्ट, सचिवमा मनोज दाहाल, उप–सचिवमा बसन्ती धामी र कोषाध्यक्षमा लेखक राज जोशी चयन भएका छन । त्यस्तै समितिको सदस्यमा लोक राज पन्त, नविन धामी, दिपक ओझा, गंगा रोकाया, बसन्त भट्टराई र धन बहादुर धामी रहेका छन ।
सोहि भेलाले ६ सदस्यिय सल्लाहाकार समिति चयन गरेको छ । सल्लाहकारमा प्रमोद अधिकारी, पुस्कर शर्मा, लोकराज ओझा, देवराज भण्डारी, सन्तोष कुमार भट्ट र हेमराज अवस्थी रहेका छन ।

समितिका अध्यक्ष धामीले समितिलाई संस्थाको रुपमा विकास गरी युवाहरुलाई उद्यमशिल बनाउन उत्प्रेरित गर्ने कार्यक्रम संचालन गर्ने बताए । उनले संस्थाको उद्देश्य युवाहरुलाई आफै अवसर खोज्न सक्ने बनाउन बिभिन्न उत्प्रेरणात्मक कार्यक्रम संचालन गर्ने रहेको बताए । यसैबिच समितिले मंसिर २० गते युथ मोटिभेसनल कार्यक्रमको आयोजना गर्ने भएको छ । समितिको बैठकले मोटिभेसनल कार्यक्रम आयोजनाका लागि कार्यक्रम निर्देशक पुष्कर शर्मा, कार्यक्रम संयोजन मनोज दाहाल र कार्यक्रम सचिवमा गंगा रोकायालाई जिम्मेवारी दिएको हो।

उक्त एक दिने कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा 7 न प्रदेश को युथ इन्सपाइरेसन् अवार्ड बाट साम्मानित अन्तर्राष्ट्रिय प्रशिक्षक तेज राज उप्रेती रहनु हुने छ ।

सुदूरपश्चिममै पहिलो पटक समितिले युवा अवसर र उद्यमशिलता सम्बन्धि एक दिने मोटिभेसनल कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रमका निर्देशक पुष्कर शर्माले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।