कैलालीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । मंगलबार अत्तरियाको महेन्द्रनगर सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालक र साइकल यात्री दुवै घाइते भएका हुन ।



घाइते हुनेमा सु.प. ०२००३ प २४४५ नम्बरको मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का २४ वर्षीय दिपक विष्ट र साइकल यात्री गोदावरी नगरपालिका–४ की अम्बिका ओली रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवैको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।
Views: 198


















