२०८३ आश्विन १५ बिहीबार
२०८३ आश्विन १५ बिहीबार

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर  तपाईंले आफ्नो स्वास्थ्यस्थितिका बारेमा थाहा पाउनुहुन्छ :

 फिक्का पहेंलो
पिसाबको रंग फिक्का पहेंलो छ भने तपाईंको स्वास्थ्य ठीक छ भन्ने संकेत हो । तपाईंको शरीरले राम्रो काम गरिरहेको छ ।
पहेंलो
शरीरमा पानीको मात्राको कमी भयो भने पिसाबको रंग पहेंलो हुन पुग्छ । टन्न पानी पिउनुभयो भने यो समस्याबाट मुक्ति पाइन्छ ।

गाढा पहेंलो
औषधीको अत्यधिक सेवनले पिसाबको रंग गाढा पहेंलो हुन्छ । कलेजोको समस्या भयो भने पनि पिसाब पहेंलो हुन्छ । तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ ।

दूधजस्तो सेतो
तपाईंको पिसाब दूधजस्तो सेतो छ भने युरिन इन्फेक्सन वा पत्थरी भएको हुनसक्छ । तत्कालै चिकित्सकसँग परामर्श लिइहाल्नुस् ।

रातो वा गुलाफी

कहिलेकाहीँ रातो रंगको खानेकुरा वा फलफूल खाँदा पनि पिसाब रातो हुन्छ । तर यी कुरा नखाइकनै तपाईंको पिसाब रातो छ भने रगत आएको हुनसक्छ । यस्तोमा चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

सुन्तला रंग
पिसाबको समस्यालाई रोक्नका लागि लिइएको औषधीले पनि पिसाबको सुन्तला रंग हुन्छ ।

तपाईं पिसाबको रंगमा आएको परिवर्तनको कारण थाहा पाइरहनुभएको छैन भने चिकित्सकको सल्लाह लिनुहोला ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।