सुदूरपश्चिम प्रदेशका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका २ वटा प्रयोगशालामा गरीएको परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।



सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज २०४ जनाका परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार १ महिला र ३५ पुरुषमा संक्रमण पुष्टी भएको छ। उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर २,४ का २/२ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ३, १२ का एक/एक जना,र धनगढीको वडा नम्वर नखुलेका १ जनामा संक्रमण देखिएको छ । कैलालीको लम्कीचुहाका ४ जना, कैलालीको कैलारी गाउँपालिकाका र गोदावरीका एकएकजनामा १ जनामा संक्रमण देखिएको छ ।
यस्तै कञ्चनपुरको बैलौरीका २ जना र लालझाडीका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ जना संक्रमण पुष्टि भएको सामाजीक मन्त्रालयलले जनाएको छ ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ८ सय ४६ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार १सय २४ जना डिस्चार्ज भएका छन भने हाल सम्म ३५ जना संक्रमितको मृत्यु भएको छ ।


















