२०८३ आश्विन १५ बिहीबार
२०८३ आश्विन १५ बिहीबार

पारस खड्का आईसीसीको दशककै उत्कृष्ट एसोसियट खेलाडीको सूचीमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले तयार पार्ने एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि परेका छन्। आईसीसीले मंगलबार सार्वजनिक गरेको यो दशकका उत्कृष्ट ६ जना खेलाडीको सूचीमा नेपालका पूर्व कप्तान पारस खड्का पनि परेका हुन्।

उनीसँगै यो सूचीमा स्कटल्यान्डका ३, नेदरल्यान्ड र पपुवा न्युगिनीका एक–एक खेलाडी परेका छन्। मनोनयनमा  स्कटल्यान्डका काइले कोइटजर, कुलम म्याक्लोइड र रिचेइ बेरिङ्टन छन् भने पपुवा न्युगिनीका असद भाला र नेदरल्यान्डका पिटर बोरेन पनि परेका छन्।

सन् २००४ मा मलेसिया विरुद्धको खेलबाट नेपालका लिग डेब्यु गरेका पारसको कप्तानीमा नेपालले सन् २०१४ को टि–२० विश्वकप खेल्नुका साथै सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो। 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।