गोकर्ण पाण्डे/गुल्मी- गुल्मीमा कोरोना संक्रमणका कारण हालसम्म १२ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार प्रकाशित गरेको विवरणमा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको उल्लेख छ ।



त्यस्तै, गुल्मीमा कोरोना संक्रमित हुनेको संख्या ८ सय ३० जना पुगेको छ । संक्रमितमध्ये ७ सय ६५ जना निको भएका छन् ।
जिल्लामा ५३ जना कोरोना संक्रमित उपचारका क्रममा रहेको प्रशासनको विवरणमा उल्लेख गरिएको छ ।

Views: 170


















