२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

बैतडीमा जिप दुर्घटना, ५ जनाको मृत्यु, ५ जना घाइते

बैतडी, ९ मंसिर । बैतडीको दशरथचन्द नगरपालिका-१० बुढ्ढामा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेहरुलाइ जिल्ला अस्पताल लगिएको छ । आज दिउँसो करिब २ बजेतिर जिप दुर्घटनामा परेको थियो । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ बर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० बर्षीया पार्वतीदेवी चन्द,सोही ठाउँका ७२ बर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ बर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक जनकबहादुर धामीले जानकारी दिए ।
दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

No description available.

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । तीव्र गतिमा रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

दुर्घटना हुने बित्तिकै फरार रहेका जिप चालक गोपाल कार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।