२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका ८२ हजार बराबरको अवैध सामान बरामद

कञ्चनपुर । भन्सार छलेर ल्याइएका अवैध सामान बरामद गरीएको छ । कञ्चनपुरमा  विभिन्न स्थानबाट ८२ हजार ७ सय ५० मुल्य बराबरका अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

भीमदत्त नगरपालिका–७ हल्दुखाल ब्रह्रदेब हाईबेमा बेवारिसे अवस्थामा रहेका अन्दाजी २६ हजार ५ सय मुल्य बराबरका २८ थान लेडिज सुट बरामद गरिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए  ।

त्यस्तै, बेलडाडी गाँउपालिका–२ चवन्नी बजारमा अन्दाजी ४८ हजार मुल्य बराबरको प्याज बरामद गरिएको छ । त्यस्तै भीमदत्त नगरपालिकाकै वडा नम्बर ४ मदनचोक छेउबाट ८ हजार २ सय ५० मुल्य बराबरको सलाई बरामद गरिएको छ । 

बरामद भएका सबै सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए  ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।