२०८३ आश्विन १५ बिहीबार
२०८३ आश्विन १५ बिहीबार

फेसबूकबाटै १० लाख ठगी

बाजुराको हिमाली गाउँपालिका–४ का २७ वर्षीय रूपचन्द्र पाण्डे र स्याङ्जाको वालिङ नगरपालिकाकी २९ वर्षीया एक महिलाबीच फेसबुकमार्फत सात महिनाअघि चिनजान भयो ।

विस्तारै कुराकानी बाक्लिँदै गयो । पाण्डेले आफू विदेश (ब्राजिल) मा रहेको बताए । सम्बन्ध नजिकिएसँगै पाण्डेले ती महिलालाई ब्राजिल लैजानेसमेत आश्वासन दिए ।

तर कोरोना महामारीका कारण लकडाउन भएपछि ब्राजिलमा नै रहेको आफ्नो परिवार गम्भीर बिरामी परेको भनेर ती महिलालाई बताए । परिवारको उद्धार गर्ने विषयमा सल्लाहसमेत लिन थाले । उद्धारकै लागि भन्दै पछि फिर्ता गर्ने सर्तमा पैसा मागे । पाण्डेको विश्वासमा परी ती महिलाले पनि पैसा दिइन् । ६ महिनादेखि पटक–पटक आईएमईमार्फत पैसा पठाउँदै आइन् ।

१० लाख २८ हजार ७ सय रुपैयाँ पठाइसकेपछि महिलाको मनमा चिसो पस्यो । तिहारअघि जिल्ला प्रहरीमा जाहेरी दिइन् । अनुसन्धानपछि बल्ल ती महिलालाई थाहा भयो कि पाण्डेले पैसा ठगी गरेका रहेछन् ।

पाण्डेलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनलाई आइतबार जिल्ला अदालतमा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ । ‘घटनाक्रम हेर्दा पाण्डेले ठगेको देखिन्छ,’ बोगटीले भने, ‘अरू पनि ठगिएका रहेछन् ।’

महिला शिक्षिका हुन् भने उनका श्रीमान् विदेशमा छन् । बोगटीका अनुसार ‘परिवारको उपचार भइरहेको छ, अहिले पैसा आएको छैन, आएपछि सबै रकम फिर्ता गर्छु’ भन्दै पाण्डेले बारम्बार फोनमार्फत पैसा मागेपछि प्रहरीले उनी रहेको स्थान पत्ता लगाएको थियो ।

‘अन्तिममा हामीले गरगहना बेच्यौं, जम्मा ५५ हजार रुपैयाँ भयो, म आईएमई गर्दिन्छु भनेर महिलालाई भन्न सिकायौं,’ बोगटी भन्छन्, ‘उनले पनि उसै गरिन् । आईएमईमा बुझिलिनेको नाम केही बिगारेका थियौं, जसले उसलाई पैसा निकाल्न समस्या परोस् ।’ नेपालगन्ज रहेको बुझेपछि प्रहरी परिचालन गरी आईएमईबाट पैसा निकाल्ने क्रममा पक्रिन सफल भयौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।