सुदूरपश्चिम प्रदेशका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
कैलाली, कञ्चनपुर र बैतडीमा आज २२ जना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार २२० जनाको परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १० जनामा संक्रमण देखिएको जानकारी दिए ।



उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर २, ४, ७ र ठेगाना नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । कैलालीकै टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका ३/३ जना, जोशीपुर गाउँपालिकाका २ जना र कैलाली गाउँपालिकाका १ जनामा संक्रमण देखिएको छ ।
यस्तै कञ्चनपुरको महाकाली नगरपालिका र बेल्डाँडी गाउँपालिकाका १/१ जना र बैतडीका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
उता डोटीमा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३२ नमुना परिक्षण गर्दा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमण पुष्टी हुनेमा डोटीको दिपायल सिलगढीका २ पुरुष र एक महिला रहेको अस्पतालका मोलेकुल ल्याव इन्चार्ज शौरभ श्रेष्ठले बताए ।
त्यस्तै गरि बैतडीको प्रयोगशालामा ५जना, बझाङका प्रयोगशालाका ४ जना, अछामको कमल बजार प्रयोगशालाका १ जना गरिमा पनि संक्रमण पुष्टी भएको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ७ सय ६६ पुगेको छ । संक्रमण पुष्टि भएका ८ हजार ९ सय ९७ जना डिस्चार्ज भएका छन भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।

























