२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

आठ महिना सम्म रकम निकासकाे टुंगो लागेन , कार्यालयमा लग्याे ताला

आठ महिना सम्म रकम निकासकाे टुंगो लागेन , कार्यालयमा अाज शिक्षकले लगाई दिए ताला ।
राधा फुलारा / डडेल्धुरा – शून्य दरबन्दी भएका सामुदायिक विद्यालयमा दिइँदै आएको शिक्षण सिकाई अनुदान कोटामा कार्यरत डडेल्धुराका शिक्षकहरूले आइतबार शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी गरेका छन् ।

शैक्षिक सत्रको आठ महिना बितिसक्दा पनि नेपाल सरकारबाट प्रदान गरिँदै आएको उक्त कोटाका लागि विनियोजित रकम निकासाको कुनै आधिकारिक जानकारीसम्म नआएकाले तालाबन्दी गरिएको हो ।

यसअघि आफूहरूले स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षामन्त्रीलाई उक्त विषयमा ध्यानाकर्षण पठाएको तर कुनै जवाफ नआएकाले आफूहरू तालाबन्दी गर्न बाध्य भएको समेत संघर्ष समितिका संयोजक केशवबहादुर साउदले बताए ।

सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शून्य दरबन्दी भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो । यस वर्ष कोरोनाको कारण देखाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम आठ महिनासम्म निकासा नगरेको उनीहरूको भनाइ छ ।

आर्थिक वर्षको विनियोजित बजेट निकासा गरिनुपर्ने, अनुदानका कार्यरत शिक्षकलाई निरन्तरता दिइनुपर्ने र तलब भत्ताबापतको रकम नेपाल सरकारले तोकेबमोजिम अन्य शिक्षकहरूको जस्तै हुनुपर्ने शिक्षकहरूको माग छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।