२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

तातोपानी शरीरका लागि निकै फाइदाजनक

थुप्रै रोग लाग्नबाट बचाउने तातोपानीको सेवन दैनिक रुपमा गर्न सकिन्छ । तातोपानी शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गर्मी मौसम र जाडो मौमस दुवैमा गर्न सकिन्छ ।

चिसो, रुघाखोकी
जाडो मौसममा चिसो लाग्नबाट बच्न र रुघाखोकीबाट बच्नका लागि तातोपानीको सेवन गर्नुपर्छ । तातोपानीको सेवले घाँटीमा हुने विभिन्न संक्रमणबाट पनि बच्न सकिन्छ ।

तौल कम गर्न
तौल बढिरहेको छ र त्यसलाई सन्तुलनमा राख्न तातोपानीको सेवन गर्न सकिन्छ । तातोपानीमा कागती र महको रस मिसाएर सेवन गर्ने गर्नाले तौल सन्तुलन हुन्छ । बिहान हरेक दिन एक गिलास तातोपानी पिउने गर्दा तौल कम हुन्छ ।

छाला
हरेक दिन तातोपानी पिउँदा छालामा निखार ल्याउँछ । छालामा चमक बढाउन र छाला सुन्दर देखाउनका लागि दैनिक तातोपानीको सेवन गर्नुपर्छ ।

कपाल
जसको कपाल झर्ने समस्या छ त्यस्ता व्यक्तिले तातोपानीको सेवन गर्नुपर्छ । दैनिक रुपमा तातोपानी पिउँदा कपाल मजबुत हुने र झर्न कम हुन्छ ।

पाचन प्रक्रिया
हरेक दिन बिहान तातोपानी पिउने गर्दा पाचन पक्रिया बलियो हुन्छ । जसले गर्दा कब्जियतको समस्या हुँदैन । खाना खाएको ३० मिनेछपछि तातोपानी पिउँदा खाना राम्रोसँग पच्ने र पेट पनि स्वस्थ रहन्छ ।

मांसपेशीको दुखाई
तातोपानीको दैनिक सेवनले मांसपेशीको दुखाई कम हुन्छ । जाडो मौसममा शरीर दुख्ने समस्या हुन्छ भने यसको लागि दैनिक तातोपानी पिउने गर्नुपर्छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।