कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन् ।



जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ को गुलरियामा भित्रि सडक खण्डमा मोटरसाइकल एकआपसमा ठोक्किदा चालकद्धय कञ्चनपुरकै हिरा भाट र धनगढीका कुवेर शाह घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार उनीहरु मध्ये भाटको अवस्था गम्भीर छ भने अर्का घाइते शाहको अवस्था सामान्य छ ।
Views: 116

























