२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

सामूहिक बलात्कारको घटनामा मिलापत्र गर्न दबाब

पश्चिम नवलपरासीमा १५ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारको घटनामा मिलापत्र गर्न दबाब दिन थालिएको छ । दबाब दिनेमा राजनीतिक दलका स्थानीय नेता पनि भएको पीडित परिवारजनले बताएका छन् । 

पाल्हीनन्दन गाउँपालिका–२ की १५ वर्षीया बालिकामाथि २७ कात्तिकमा सामूहिक बलात्कार भएको थियो । प्रहरीका अनुसार राति करिब ९ बजेतिर घरभन्दा केही टाढा रहेको नलमा पानी भर्न जाँदा दुईजनाले मुख छोपेर नियन्त्रणमा लिएका थिए । त्यसपछि घरबाट तीन सय मिटर टाढाको बगैँचामा लगेर सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बालिकाले दिएको बयानका आधारमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत राजीव श्रेष्ठले बताए । पक्राउ पर्नेमा पाल्हीनन्दन गाँउपालिका–२ का १७ वर्षीय किसन केवट र १६ वर्षीय कृष्ण तेली गुप्ता रहेका छन् । ‘बालिकाले दुईजनालाई मात्रै चिनेको र रातिको समयमा अन्य पाँचजनालाई चिन्न नसकेको बताएकी छिन्,’ श्रेष्ठले भने, ‘पहिचान भएका दुवैलाई पक्राउ गरेका छौँ, अन्यको खोजी भइरहेको छ ।’

अहिले पक्राउ परेकालाई छुटाउन र घटनामा मिलापत्र गर्न आरोपितका आफन्तजनले दबाब दिन थालेका हुन् । मिलापत्र गर्न राजनीतिक दलका स्थानीय नेताले पनि दबाब दिइरहेको पीडित परिवारले बताएको छ । ‘अपराधमा संलग्नलाई कारबाही गर्नुको सट्टा नेताले पनि मिलापत्र गर्न दबाब दिइरहेका छन्,’ बालिकाकी आमाले नयाँ पत्रिकासँग भनिन् । 

बलात्कारको आरोपमा पक्राउ परेकाहरू गाउँकै हुन् । त्यसैले गाउँका मानिसले पनि पैसा लिएर मिल्न दबाब दिन थालेका छन् । ‘गाँउघरको कुरा हो, केही गल्ती भएको छ, तर आपसी सहमतिमा कुरा मिलाउनुपर्छ भन्दै दबाद दिइरहेका छन्,’ उनले भनिन् । कहिले स्थानीय बासिन्दा र कहिले राजनीतिक दलका स्थानीय नेताले फोन तथा भेटेरै दबाद दिइरहेको पीडितका आफन्तजनले बताए । 

जिल्ला प्रहरी कार्यालयले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ । किटानी जाहेरी आएको र दुईजना पक्राउ परिसकेकाले फरार रहेका पाँचजना पनि छिटै पक्राउ पर्ने श्रेष्ठले बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।