२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

१४९ वर्षदेखि हुँदै आएको जौलजीवि मेला यो वर्ष भएन

दार्चुला:  कोभिड–१९ को सङ्क्रमका कारण १४९ वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक जौलजीवि मेला यो पटक आयोजना भएन् । भारत पिथौरागढको पिथौरागढ जोलजीविमा हरेक वर्ष १४ नोभेम्बर अर्थात कात्तिक २९ गतेबाट ऐतिहासिक जौलजीवि शुरु हुने गरेको थियो । 

काली र गोरी नदीको संगमस्थलमा १८७१ मा अस्कोटका तत्कालिन राजा पुष्कर पालले ज्वालेश्वर मन्दिर स्थापना गरेर मेलाको शुरुवात गरेका थिए । सानो मन्दिर स्थापना गरेर शुरु भएको मेला अहिले अन्तर्राष्ट्रिय स्तरको व्यापारिक स्थलका रुपमा चिनिएको छ । 

विसं १९६२ भन्दाअघि यो मेलामा तिब्बती व्यापारी आउने गर्दथे । भारत–चीन युद्धपछि तिब्बती व्यापारी जौलजीवि आउन छाडेका हुन् । स्थानीय व्यापारीले तिब्बतबाटै ल्याएका मालसामान मेलामा बिक्री गर्दै आएका छन् । यो पटक कोरोनाका कारण दुवैतर्फ मेला नलगाउने निर्णय भएको मालिकार्जुनवडा नं ७ का वडाअध्यक्ष लोकेन्द्रसिह धामीले जानकारी दिए ।  

पछिल्लो समय स्थानीय सरकार आएपछि नेपालतिर पनि ऐतिहासिक मेला लाग्दै आएको थियो । नेपालमा औपचारिक रुपमा मंसिर १ गतेबाट मेला लाग्ने गरेको थियो । भारतमा ऐतिहासिक रुपमा यो मेला दुई सातासम्म लाग्ने गरेको थियो ।रासस 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।