२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

कान्टेको गोलमा पोर्चुगलमाथि फ्रान्सको संघर्षपूर्ण जित

युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह ‘सी’ को खेलमा फ्रान्सले पोर्चुगलमाथि संघर्षपूर्ण जित निकालेको छ। पोर्चुगलको लिस्बनमा भएको खेलमा घरेलु टोलीमाथि फ्रान्सले १-० को संघर्षपूर्ण जित निकालेको हो।

फ्रान्सको जितका लागि एनगोलो कान्टेले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा कान्टेले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए।

गएराति नै भएको समूह सी कै अर्को खेलमा स्वीडेनले क्रोएसियालाई २-१ ले पराजित गर्‍यो। स्वीडेनको जितमा डेजन कुलुसेभ्स्कीले ३६ औं मिनेट र मार्कस ड्यानियलसन्ले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए। त्यस्तै खेलको ८१ औं मिनेटमा ड्यानियलसन्ले नै आत्मघाती गोल गर्न पुगेका थिए।

यो सँगै समूह सी को शीर्षस्थानमा ५ खेलबाट १३ अंक जोडेको फ्रान्स छ। त्यस्तै दोस्रो स्थानमा १० अंक बनाएको पोर्चुगल छ भने तेस्रो र चौथो स्थानमा समान ३ अंक बनाएका क्रोएसिया र स्वीडेन छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।