२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

रुपाल बहुमुखी क्याम्पस स्थापनाका लागि पाण्डेयले गरे ३१ हजार सहयोग

डडेल्धुरा(डिआर भट्ट): रुपाल जन्म घर भई हाल धनगढी उप—महानगरपालिका बोराडाँडी बस्ने मनोज पाण्डेय ( एलिसा हार्डवयरका प्रोप्राइटर) ले रुपाल क्याम्पस स्थापनाका लागि रु ३१,६२५ सहययोग गरेका छन् ।

पाचँ वडा रहेको डडेल्धुराको भागेश्वर गाउँपालिकामा दुर्गम वडाको रुपमा रहेका १ र २ मा रहेको रुपाल क्षेत्रमा क्याम्पस स्थापना हुने भएकोछ । भागेश्वर गाउँपालिका २ मा रुपाल क्याम्पस स्थापना हुने भएको हो । विसं.२०१८ सालमा स्थापना भएको अशिग्राम मावि लाई क्याम्पस स्थापना गर्नु अहिले अभियान चालिएकोछ । सुरुवाति चरणमा १५ लाख धरौटी र ३० लाख बराबरको अक्ष्ययकोष खोल्नु पर्ने बिधान रहेकोछ । विद्यालयले संर्घष समिती गठन गरेर अहिले आर्थिक संकलन अभियान चालेकोछ ।

क्याम्पस संञ्चालनका लागि हाललाई ४५ लाख आवश्यक पर्ने भएकाले सहयोगी दाताबाट आर्थिक संकलन अभियान जारि गरिएको र हालसम्म दान गर्ने सहयोगी मनहरुलाई धन्यबाद दिन चाहान्छौ । संर्घष समितिका सदस्य रामदत्त जोशीको भनाई रहेकोछ ।

तस्विरः प्रस्तावित रुपाल बहुमुखी क्याम्पस डडेल्धुरा
                                                                        तस्विरः प्रस्तावित रुपाल बहुमुखी क्याम्पस डडेल्धुरा

अमेरिका बस्दै आएका पदम ठकुराठीको सहकार्यमा रु १७ लाख ३२ हजार, समाजसेवि विनय मल्लले व्यक्तिगत रु ५० हजार नगद सहयोग गरेका छन् । हाल सम्म क्याम्पस स्थापनाका लागि विभिन्न सामुदायिक वनहरु,व्यक्तिगत र संस्थागत गरेर नगद २८ लाख सम्म संकलन भएको र हाम्रो अभियान निरन्तर रहेको विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र पाण्डेयको भनाई रहेकोछ ।

दुर्गम क्षेत्र भनेर रुपालमा क्याम्पस स्थापना हुने भएपछि स्थानीयहरु खुशी भएका छन् । रुपाल बाट पढाईका लागि जिल्ला सदरमुकाम तथा तराईका जिल्ला धाउनु पर्ने बाध्यता हटनेछ । यो भागेश्वर गाउँपालिकाको पहिलो क्याम्पसका रुपमा संञ्चालन हुनेछ ।
यो पनि पढौंः डडेल्धुराको रुपालमा क्याम्पस स्थापना हुनेः सहयोगीहरु जुटदै – खबरदारी न्युज (khabardarinews.com)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।