२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

डडेल्धुराको रुपालमा क्याम्पस स्थापना हुनेः सहयोगीहरु जुटदै

डडेल्धुरा- पाचँ वडा रहेको डडेल्धुराको भागेश्वर गाउँपालिकामा दुर्गम वडाको रुपमा रहेका १ र २ मा रहेको रुपाल क्षेत्रमा क्याम्पस स्थापना हुने भएकोछ । भागेश्वर गाउँपालिका २ मा रुपाल क्याम्पस स्थापना हुने भएको हो । विसं.२०१८ सालमा स्थापना भएको अशिग्राम मावि लाई क्याम्पस स्थापना गर्नु अहिले अभियान चालिएकोछ । सुरुवाति चरणमा १५ लाख धरौटी र ३० लाख बराबरको अक्ष्ययकोष खोल्नु पर्ने बिधान रहेकोछ । विद्यालयले संर्घष समिती गठन गरेर अहिले आर्थिक संकलन अभियान चालेकोछ ।

क्याम्पस संञ्चालनका लागि हाललाई ४५ लाख आवश्यक पर्ने भएकाले सहयोगी दाताबाट आर्थिक संकलन अभियान जारि गरिएको र हालसम्म दान गर्ने सहयोगी मनहरुलाई धन्यबाद दिन चाहान्छौ । संर्घष समितिका सदस्य रामदत्त जोशीको भनाई रहेकोछ ।

अमेरिका बस्दै आएका पदम ठकुराठीको सहकार्यमा रु १७ लाख ३२ हजार, समाजसेवि विनय मल्लले व्यक्तिगत रु ५० हजार नगद सहयोग गरेका छन् । हाल सम्म क्याम्पस स्थापनाका लागि विभिन्न सामुदायिक वनहरु,व्यक्तिगत र संस्थागत गरेर नगद २८ लाख सम्म संकलन भएको र हाम्रो अभियान निरन्तर रहेको विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र पाण्डेयको भनाई रहेकोछ ।

दुर्गम क्षेत्र भनेर रुपालमा क्याम्पस स्थापना हुने भएपछि स्थानीयहरु खुशी भएका छन् । रुपाल बाट पढाईका लागि जिल्ला सदरमुकाम तथा तराईका जिल्ला धाउनु पर्ने बाध्यता हटनेछ । यो भागेश्वर गाउँपालिकाको पहिलो क्याम्पसका रुपमा संञ्चालन हुनेछ ।
डडेल्धुरा बाट दिपकराज भट्टको रिपोर्ट

(3) Facebook

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।