२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

इजरायलमा हमासको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट काम सिक्न गएका ७ नेपालीको मृत्यु

काठमाडौँ – इजरायलमा हमासको आक्रमणमा परी काम सिक्न गएका ७ नेपालीको मृत्यु भएको बताइएको छ । शनिबार भएको उक्त हमलामा परी घाइते भएका ७ नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरले जनाएको बताइएको छ । तर, दुबै देशका सरकारले भने औपचारिक रुपमा पुष्टि गरिसकेका छैनन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट काम सिक्न गएकासहित नेपाली कार्यरत एउटा कृषि फर्ममा हमासले रकेट हमला गरेको थियो । गाजा क्षेत्रबाट नजिक रहेको इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा एउटा फर्ममा नेपाली काम कार्यरत थिए ।

सो क्षेत्रमा अझै तनावको स्थिति रहेकोले कति नेपालीहरुको मृत्यु भएको भन्ने एकिन विवरण आउन सकेको छैन । हमलाको साइरन बजेपछि ६० सेकेन्डमा बंकरभित्र पसिक्नुपर्ने थियो । सोही क्रममा बंकरमा जाँदै गर्दा रकेट विस्फोटका छर्रा लागेर नेपालीसहित घाइते भएका थिए । सुरुमा ९ जना नेपाली घाइते भएको जानकारी दिएको इजरायलस्थित नेपाली दूतावासले १२ जना नेपाली सम्पर्कमा नरहेको बताएको छ ।

नेपाली समयअनुसार शनिबार विहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा हमास समूहबाट आक्रमण सुरु गरेको थियो । हाल इजरायलमा ४ हजार ५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेका छन् । त्यस्तै, लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत २६५ जना नेपाली विद्यार्थीहरु इजरायलका विभिन्न फर्ममा कार्यरत छन् । नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायल गएको बताइएको छ ।

यो पनि पढौं  –

इजरायलबाट नेपालीको उद्धार र स्वदेश फिर्ताका लागि सरकारसँग देउवाको आग्रह – खबरदारी न्युज (khabardarinews.com)

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।