इजरायलबाट नेपालीको उद्धार र स्वदेश फिर्ताका लागि सरकारसँग देउवाको आग्रह

सेयर गर्नुहोस्

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले इजरायलका विभिन्न स्थानहरूमा भएको आक्रमणमा परी घाइते भएका र आक्रमणकारीको कब्जामा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्ताका लागि सरकारसँग आग्रह गरेका छन् ।

सभापति देउवाले इजरायलमा भएको आक्रमणमा करिब एक दर्जन घाइते र आक्रमणकारीबाट केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको भर्त्सना र गहिरो चिन्ता प्रकट गरेका छन् ।
इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको एकिन तथ्यांक पत्ता लगाई उनीहरूको जीवन रक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ, देउवाले भनेका छन् ।

उनले इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग समेत कांग्रेसकातर्फबाट अपिल गरेका छन् ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *